दफा ११
अनुमतिपत्र निलम्बन र फुकुवा
(१) देहायको अवस्थामा अनुमतिपत्र जारी गर्ने अधिकारीले देहाय बमोजिमको अवधिसम्म अनुमतिपत्र निलम्बन गर्न सक्नेछ:-
(क) यस ऐन बमोजिम अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नको लागि कुनै आदेश दिइएकोमा -त्यस्तो आदेशमा निर्धारित अवधिभित्र पनि त्यस्तो व्यवस्था कायम नगरेमा सो व्यवस्था कायम नगरेसम्मको “लागि,
(ख) प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारी वा निकायबाट अनुमतिपत्र निलम्बनको लागि लेखी आएमा बढीमा तीन महिनाको लागि,
(ग)। यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम कायम गर्नु पर्ने खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी न्यूनतम स्तर कायम गरेको नपाइएमा त्यस्तो स्तर कायम नगरेसम्मको लागि, वा
(घ)। दफा १० बमोजिम अनुमतिपत्र नवीकरण नगरेमा त्यस्तो नवीकरण नगरेसम्मको अवधिको लागि ।
(२) उपदफा (१) बमोजिम कुनै खाद्य व्यवसायीको
अनुमतिपत्र निलम्बन गर्नुअघि निजलाई यो ऐन तथा यस ऐन अन्तर्गत .बनेको नियमावली बमोजिम कायम गर्नु पर्ने खाद्य स्वच्छता तथा गुणस्तरको व्यवस्था कायम गर्न वा अनुमतिपत्र नवीकरण गराउनको लागि तीस दिनको अवधि दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम दिइएको अवधिभित्र पनि कुनै खाच्च व्यवसायीले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम कायम गर्नु पर्ने खाच्च स्वच्छता तथा गुणस्तर सम्बन्धी न्यूनतम व्यवस्था कायम नगरेमा वा अनुमतिपत्र नवीकरण गराउनको लागि निवेदन नदिएमा त्यस्तो खाद्य व्यवसायीको अनुमतिपत्र उपदफा (१) बमोजिम अनुमतिपत्र जारी गर्ने अधिकारीले निलम्बन गर्नेछ।
(४) उपदफा (३). बमोजिम अनुमतिपत्र निलम्बन भएकोमा त्यस्तो अवधिभर खाद्य व्यवसायीले अनुमतिपत्र बमोजिमको खाद्य व्यवसाय गर्न पाउने छैन।
(५) उपदफा (३) बमोजिम अनुमतिपत्र निलम्बन भएको खाद्य व्यवसायीले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम: कायम गर्नु पर्ने खाध स्वच्छता तथा गुणस्तर सम्बन्धी न्यूनतम व्यवस्था कायम गरी अनुमतिपत्रको निलम्बन फुकुवाको लागि अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।
(६) उपदफा (५) बमोजिम निवेदन प्राप्त भएमा अनुमतिपत्र जारी गर्ने अधिकारीले आवश्यक निरीक्षण तथा जाँच गर्दा निवेदकले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम कायम गर्नु पर्ने खाध स्वच्छता तथा गुणस्तरको लागि न्यूनतम व्यवस्था कायम गरेको पाइएमा निजको अनुमतिपत्रको निलम्बन फुकुवा गर्नेछ।
(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (घ) बमोजिम अनुमतिपत्र निलम्बन भएकोमा त्यस्तो अनुमतिपत्र नवीकरण गराउन पाउने अवधि व्यतित भएपछि दफा १० को उपदफा (३)-बमोजिम लाग्ने दस्तुरको पाँचगुणा दस्तुर लिई निलम्बन गर्ने अधिकारीले त्यस्तो अनुमतिपत्र नवीकरण र नियमित गरी निलम्बन फुकुवा गरिदिन सक्नेछ।